¥याफ्टीङ्गमा प्याडल नेपाल ए च्याम्पियन
काठमाडौं
राष्ट्रिय ¥याफ्टीङ्ग च्याम्पियनसिपको उपाधि “प्याडल नेपाल ए” टोलीले जितेको छ । नेपाल ¥याफ्टीङ्ग एन्ड क्यानोइङ्ग संघको आयोजनामा चितवनको फिस्लीङ देखि चुङ खोलाको गोर्खाबीच रिसोर्ट सम्म मंगलबार भएको पाँच किलो मिटर दुरीको ¥याफ्टीङ्ग रेसमा प्याडल नेपाल एले निर्धारित दुरी १३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै उपाधि जितेको हो । निम बहादुर मगरको कप्तानीमा रहेको टोलीमा सोम बहादुर मगर, जीवन रानामगर, सुनिल गुरुङ, भरत गुरुङ र लिलबहादुर गुरुङ सहभागी थिए । उपाधिसँगै विजेता टोलीले २३ हजार रुपैयाँ पुरस्कार पायो ।
३७ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको च्याम्पियनसिपमा प्याडल नेपालको बी टोली १४ मिनेट २२ सेकेण्डमा रेस पुरा गर्दै दोस्रो भयो । उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
च्याम्पियनसिपमा हिमालयन रिभर गाइड एसोसिएसन नेपाल तेस्रो स्थानमा रह्यो । उसले १० हजार रुपैयाँ हात पा¥यो । प्रतियोगितामा पाँचौं स्थानसम्म हात पार्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । च्याम्पियनसिपमा सहभागी ९० खेलाडीहरुलाई १५ समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको थियो । नेपालमा ¥याफ्टीङ्ग खेलको विकास गर्न संघले हरेक बर्ष त्रिशुली, कर्णाली र भोटेकोशी लगायत नदीमा यस्तो खाले प्रतियोगिता सञ्चालन गर्दे आएको छ ।
विजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद् बद्री पाण्डे, संघका अध्यक्ष मनबहादुर न्यौपाने लगायतले पुरस्कार प्रदान गरेका थिए ।
फेसबुक प्रतिक्रिया