अध्यक्ष राजेशबाबुले खेलाडीलाई नगदले सम्मान गर्ने

थाईल्याण्डको फुकेतमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट नगदले सम्मान गर्ने घोषणा गरेका हुन् । अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए ।
अध्यक्ष श्रेष्ठ बिश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टसे फेडेरेशनका साइन्स एण्ड रिसर्चका अध्यक्ष, एशियन शारीरिक सुगठन फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष एवं दक्षिण एशियाली महासंघका अनररी लाइफटाईम अध्यक्ष समेत हुन् ।
च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले रजत र पुरुष ६५ केजी तौलमा प्रज्वलमान शाक्यले कास्य पदक प्राप्त गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373