Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

अन्तराष्ट्रिय धावक सन्तोष सम्मानित

काठमाडाै‌ं, २ चैत । अन्तराष्ट्रिय म्याराथन धावक सन्तोष राई “सेलिब्रिटी सम्मान”बाट शनिबार राजधानीमा सम्मानित भएका छन् । सेलिब्रिटी समाज, नेपालले राईलाई सम्मान गरेको हो । राईलाई प्रमुख अतिथी एथलेटिक्सका पूर्व खेलाडी ओलम्पियन मुकुन्दहरि श्रेष्ठले “सेलिब्रिटी सम्मान” पत्रले सम्मानित गरे ।

नेपालको चर्चित दौड नेवाः च्यारिटी, धरानका संस्थापक राईले स्वास्थ नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनु पर्छ भन्ने सन्देशका साथ म्याराथन मार्फत नेपाल र नेपालीको नाम अन्तराष्ट्रिय स्तरमा उच्च राख्न सफल भई खेलकुदको सेलिब्रिटी हुन सफल भएकोमा उनलाई सेलिब्रिटी समाज, नेपालले सेलिब्रिटी सम्मान प्रदान गरेको हो ।

यसै बर्ष मात्र स्थापना भएको सेलिब्रिटी समाजले भाषा, संस्कृती, कला, साहित्य, संगीत, चलचित्र, खेलकुद, विकास निर्माण, समाजसेवा लगायत क्षेत्रमा विशेष प्रतिभा भएर समाजमा उदहरणीय एवम् सिर्जनशील काम गर्ने ब्यक्तिहरुको खोजी गरेर सम्मान गर्ने काम गदै आएको संस्थाले राईलाई सम्मान गरेको हो ।

छोटो समयमानै बिश्वको सम्मानित ६ म्याराथन लण्डन म्याराथन २०१७ र स्कटल्याण्ड म्याराथन, २०१७, बेलायत, बर्लिन म्याराथन २०१७, जर्मनी, बोस्टर्न म्याराथन २०१८, सिकागो म्याराथन २०१८ र न्यूयोर्क म्याराथन २०१८, अमेरिका पुरा गरेका राईले २०१९मा जापानमा भएको टोकियो म्याराथनमा ३८ हजार सहभागी मध्येबाट उत्कृष्ट ७ सयमा पर्न सफल भई ABBOTT MEJOR MARATHON मेडल समेत प्राप्त गर्न सफल भएका थिए ।

सम्मान पश्चात आफ्नो अनुभव सुनाउने क्रममा कर्मथालो बेलायत बनाएका सम्मानित राईले आफ्नो छोरी बिरामी भए पश्चात दौडनै स्वस्थ हुने सवै भन्दा राम्रो माध्ययम रहकोले आफुले दौडलाई जीवन बनाएको बताए ।

कार्यक्रममा खेलकर्मी दीपक बिष्ट, दीपक श्रेष्ठ, सिनेकर्मीहरु सुनिल थापा, राजुकमार राई लगायतको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464