अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७५÷७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई मंगलबार प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो । जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यत्रय उपेन्द्र पौडेल, इन्दिरा निरौला, राजेश गुरुङलगायतले एक कार्यक्रमबीच खेलाडीलाई पुरस्कृत गरे ।
फेसबुक प्रतिक्रिया