अन्तिम तयारी सम्वन्धि उपसमितिको बैठक
नवौं राष्ट्रिय खेलकुद् सम्वन्धि विभिन्न उपसमितिको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार पोखरामा बैठक बस्यो । उपसमितिका संयोजक र सचिवहरुले नवौं राष्ट्रिय खेलकुदलाई पूर्ण रुपमा सफल बनाउन आ-आफ्नो तर्फबाट भए गरेका प्रगती विवरण प्रस्तुत गर्नुका साथै आउन सक्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको थियो ।
सदस्य सचिव घिसिङले उपसमितिका सदस्यहरुलाई एक जुट भएर नवौं राष्ट्रिय खेलकुद सफल पार्न निर्देशन दिएका थिए ।
फेसबुक प्रतिक्रिया