Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

अरहान्त र भावनालाई स्क्वास उपाधि

अरहान्तकेशर सिंह र भावना सुनवारले धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ८–११, ११–५, ११–७, ११–१३ र १२–१० को सेटमा पराजित गर्दै स्क्वासमा नयाँ स्टारका रुपमा आफूलाई प्रस्तुत गर्न सफल रहे । गत महिना सातदोबाटोमै भएको खुला स्क्वास प्रतियोगितामा पनि अरहान्तले अमृतलाई नै हराउदै पहिलो उपाधि जितेका थिए । अमृतका बुवा हीराबहादुर थापा र प्रवीणवीरसिंह कंशाकार संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले १५ हजार, दोश्रोले ८ हजार र तेश्रोले ३–३ हजार नगद पुरस्कार हात पारे ।
महिला सिंगल्सको फाइनलमा भावनाले विपना ब्लोनलाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन् । सपना ब्लोन र कृष्णा थापा मगर तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ९ हजार, ५ हजार र २–२ हजार नगद पुरस्कार जिते ।
जुनियर ब्वाइज यु–१७ सिंगल्सको उपाधि अमिर ब्लोनले जिते । उनले फाइनलमा दीपक थापाको चुनौती ११–६, ११–७ र १४–१२ ले समाप्त पारे । विक्रम मगर र विजय मगरले तेश्रो स्थानमा चित्त बुझाए । पहिलोलाई ५ हजार, दोश्रोलाई ३ हजार र तेश्रोलाई १५ सय–१५ सयले पुरस्कृत गरियो ।
गेल्जे तामाङ जुनियर ब्वाइज यु–१३ सिंगल्स च्याम्पियन बने । गेल्जेले उपाधि भिडन्तमा सुवास गिरीलाई ११–८, ११–४ र १२–१० को सीधा सेटमा पाखा लगाए । रन्जित थापा र गोपाल थापा तेश्रो बने । पहिलोले ३ हजार, दोश्रोले २ हजार र तेश्रोले १–१ हजार नगद पुरस्कार पाए ।
भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा च्याम्पियन बन्ने क्रममा लालबहादुर गुरुङले फाइनलमा प्रेम सिंहलाई १०–१२, ११–५, ११–६ र ११–८ ले निराश पारे । मनोजबहादुर श्रेष्ठ र महेन्द्र महर्जन तेश्रो स्थानमा रहे ।
पुरुष सिंगल्स प्लेटतर्फ अनिल शाक्यले फाइनलमा लोकेन्द्र भण्डारीमाथि ८–११, ५–११, ११–९, ११–८ र १७–१५ को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थान हात पारे । विजयी मगर र विक्रम मगर तेश्रो बने ।
विजेतालाई नेपाल स्क्वास ¥याकेट संघका अध्यक्ष किशोर महर्जन, स्व. धनलक्ष्मीका पति कृष्णलाल महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । स्क्वास संघका अध्यक्ष महर्जनले आफ्नी आमाको निधन भएको वार्षिक पुण्यतिथिमा प्रतियोगिता आयोजना गरेका हुन् । धनलक्ष्मीको गत वर्षको अगष्ट १ तारिखका दिन निधन भएको थियो । प्रतियोगिता पनि यहि अगष्ट १ तारिखकै दिन सुरु भएको थियो । त्यसमा विभिन्न ६ स्पर्धामा ७८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
कुल नगद पुरस्कार राशी ६३ हजार रुपैयाँ रहेको थियो जुन नेपाली स्क्वासकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको स्क्वास संघले जनाएको छ ।
कार्यक्रममा अध्यक्ष महर्जनले प्रतियोगितालाई तीन संस्करणसम्म नियमित आयोजना गर्ने प्रतिबद्धता जनाए । उनले दक्षिण एसियाली राष्ट्रलाई समावेश गराइ प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरुप दिने योजना पनि रहेको अवगत गराए ।
महर्जनद्वारा साग पदक विजेता सम्मानित ः
यसैबीच भारतको गुवाहटी÷सिलोङमा गत माघ÷फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासमा पदक जित्न सफल खेलाडीलाई नगदबाट पुरस्कृत गरिएको छ । स्क्वासको महिला टिम इभेन्टमा भावना सुनवार, कृष्णा थापा र विपना ब्लोनले कांस्य पदक जितेका थिए ।
अध्यक्ष महर्जनले पूर्वघोषित पुरस्कार बमोजिम टिमका प्रत्येक खेलाडीलाई २०–२० हजार रुपैयाँ प्रदान गरे । अध्यक्ष महर्जनले व्यक्तिगत रुपमा सागअघि स्क्वासमा स्वर्ण जित्नेलाई १ लाख, रजतलाई ५० हजार र कांस्यलाई २० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप खेलाडीलाई पुरस्कृत गरिएको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464