अर्जूनलाई धर्मश्री उपाधी

नेपाल ब्यायाम मन्दिरका अर्जून बर्णवाल चौधौं धर्मश्री उपाधी हात पार्न सफल भएका छन् । ८० केजी माथी तौल समूहका अर्जूनले एशियाली च्याम्पियनसिपका विजेता सेप्स फिटनेशका ८० केजी तौलका महेश्वर महर्जनलाई पछि पार्दै उपाधी जितेका हुन् । अर्जूनले नगद ५ लाख सहित ट्रफी, प्रमाण पत्र र व्यानेटबाट सज्जित भए । महेश्वरले नगद २ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
तेश्रो स्थानमा ग्रिनविस फिटनेश झापाका ७५ केजी तौल समूहका उमेश राइ भए । उनले नगद १ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
नेपाल ब्यायाम मन्दिरका रामहरी खनाल चौथो (७० केजी), रामबहादुर दाहाल पाँचौ (६५ केजी), संजीव कुमार श्रेष्ठ छैटौं (६० केजी) र रत्नश्री पोखराका कमल भन्डारी सातौ (५५ केजी) स्थानमा रहे । उनीहरुले क्रमशः ८०, ७५, ६० र ५० हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यस अघि सवै आआफ्नो तौल समूहमा प्रथम हुंदै उपाधी भिडन्तका लागि प्रतिस्पर्धामा उत्रेका थिए ।
नेपाल ब्यायाम मन्दिरको आयोजना तथा जिओनी मोवाईलको प्रायोजनामा भएको प्रतिस्पर्धामा ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ्ग दोश्रो र कालिमाटी फ्रेन्डशिपका सविन महर्जन तेश्रो भए । ६० केजीमा व्यायाम मन्दिरका आशिष देवाजु दोश्रो र न्यू फ्लेक्स रमेश कार्की तेश्रो भए । ६५ केजीमा कम्प्लिट हेल्थका अनिल लाल श्रेष्ठ दोश्रो र यारो फिटनेश झापाका विकास धिमाल तेश्रो भए । ७० केजीमा सेप फिटनेशका राजेश मगर दोश्रो र सेप टु फिटनेशका किरण यादव तेश्रो भए । ७५ केजीमा नेपाल जिमका मि. काठमाण्डौ नविन राना दोश्रो र सेप टु फिटनेशका प्रवेश श्रेष्ठ तेश्रो भए । ८० केजी तौलमा ब्रदर एन्ड सिस्टरका तुलबहादुर श्रेष्ठ दोश्रो र न्यू फ्लेक्सका नरेश मालाकार तेश्रो भए । यस्तै ८० केजी माथीको तौलमा प्लानेट फिटनेशका प्रकाश राई र नेपाल ब्यायामका गिरिष महर्जन तेश्रो भए ।
दोश्रो र तेश्रो हुनेले क्रमश २५ र १५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई सम्माननिय उप राष्ट्रपती नन्द बहादुर पुन, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेलगायतले पुरस्कार वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309