अर्याल हङकमा सम्मानित

अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई हङ्गकङ्ग ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् ।

नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङ्गकङ्गमा जारी तोङ्ग युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका निर्वाह गरिरहेका छन् ।

अर्याललाई हालै मात्र बिश्व ब्याडमिन्टन महासंघले एशियाली र बिश्वस्तरको प्रतियोगिताका लागि लाईन जजको भूमिका निर्वाह गर्नका लागि मान्यता प्रदान गरेको छ ।

लाईन जजको मान्यता प्राप्त गरे पश्चातको अर्यालको यो उक्त भूमिकामा पहिलो प्रतियोगिता हो । सोहि अवसर पारेर हङ्गकङ्ग ब्याडमिन्टन संघले अर्याललाई सम्मान गरेको हो । संघले अर्याललका साथै भारतका तीन र नेपालका पूर्व भबिल खेलाडी एवं प्रशिक्षक जय नारायण चौधरीलाई समेत सम्मान गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष राई, संस्थापक सदस्य हेम प्रताप गुरुङ्गले यस्तो ठुलो प्रतियोगितामा अर्यालको सहभागिताले नेपालीहरु गौरवान्वित बनाएको बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309