Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण

अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण
केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
मोहनले एडमन्ड युन ९भ्मmगलम थ्गभल० संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए ।
यो स्पर्धामा मोहनले लगातार तेश्रो पटक स्वर्ण जितेका हुन् । भिक्टोरियन जुडो टिमको प्रतिनिधित्व गरेका मोहनले २०१४ र २०१५ को अस्ट्रेलियन राष्ट्रिय जुडोमा पनि स्वर्ण जितेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।
भिक्टोरियास्थित गिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा मोहनले ६० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यसमा मोहन पाँचौं स्थानमा रहे । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।
मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464