आईटीएफ तेक्वान्दो टोली हैदराबाद प्रस्थान

काठमाडौं, साउन १५ गते ।
सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सन्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।
प्रशिक्षकमा इश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420