आईटीएफ तेक्वान्दो धेरै स्वर्ण आर्मीलाई

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा शनिवारसम्मका खेलमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ ।नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत शनिवारसम्म भएका सींगल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ ।

त्यस्तै, एपिएफले ४  र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ । यसैविच, शनिवार भएको ४६ देखी ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्यांगीले आर्मीका पुर्ण घर्तिलाई हराउदै प्रदेश ५ को खाता खोलेका हुन् ।

उनले पनि स्वर्णपदक जितेका छन् । त्यस्तै, शनिवार विहान भएका सींगल प्याट्रनका खेलमा प्रदेश ४ कि सुस्मीता थापालाई हराउदै एपिएफकी अप्सना तामाङले स्वर्ण जीतेकि छिन् । त्यस्तै, आर्मीकी हिमा खड्कालाई हराउदै एपिएफकै सन्चीता लामाले पनि स्वर्णपदक जितीन् । पुरुषतर्फको सींगल प्याट्रनमा प्रदेश ३ का सौरभ घिमीरे, आर्मीका भिम वहादुर तामाङ र आर्मीकै पुर्ण वहादुर मगरले स्वर्णपदक जितेका छन् ।

ग्रुप प्याट्रनमा भएको खेलमा महिलातर्फ आर्मीको तुलसा राजथलाको समुह र पुरुषतर्फ एपिएफकको नाम्गेल तामाङको समुहले स्वर्णपदक प्राप्त गरेको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगीतामा ७ प्रदेशसहित २ विभागीय टिम गरी कुल ९ टिम सहभागी रहेको नेपाल आइटिएफ तेक्वान्दो संघ प्रदेश नं ५ का अध्यक्ष विरेन्द्रवहादुर शाहिले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, एक प्रदेशबाट १४ जना पुरुष र ११ जना महिला गरी २५ जना खेलाडि सहभागी भएका छन भने एउटा प्रदेशबाट २ जना प्रक्षिक्षक सहभागी छन् । कुल २ सय २५ जना खेलाडि सहभागी प्रतियोगीतामा ४ वटा इभेन्ट हुन लागेका छन् । फाइट, प्याट्रन, ग्रुप स्पारीङ र ग्रुप प्याटन गरी ४ वटा इभेन्टमा खेल हुने उहाँले बताउनुभएको छ । शुक्रबार साँझदेखी सुरु खेल वैशाख १० गतेसम्म चल्ने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420