आउ खेल खेलौं सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा आउ खेल खेलौं कार्यक्रम शनिबारदेखि सुरु भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रमअन्तर्गत सहभागीलाई फुटबल, क्रिकेट, रग्बी, बास्केटबल, कराते र तेक्वान्दोको आधारभूत प्रशिक्षण दिइने छ । प्रशिक्षण साताको एकदिन शनिबार मात्र सञ्चालन हुनेछ । ८ देखि १५ वर्ष उमेरसमूहलाई लक्षित गरी राखेपले कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले प्रतिभावान खेलाडीको पहिचान गर्नुका साथै खेलकुदप्रति सानै उमेरदेखि आकर्षित गर्न राखेपले कार्यक्रमको सुरुआत गरेको बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309