आठै टिमले अंक बाँडे

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगिताको शुक्रबार ४ खेलमा प्रतिस्पर्धा गर्ने टिमले अंक बाँडेका छन् ।
शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा एनआरएनए र एपीएफ क्लब तथा सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो । उता त्यसै दिन मूलपानी क्रिकेट मैदानमा नेपाल प्रहरी र मधेश प्रदेश तथा नेपाल आर्मी र कर्णालीबीच खेल हुनु पर्ने थियो । त्यस मध्ये एनआरएनए र एपीएफबीचको खेल बाहेक कुनै पनि खेल वर्षाका कारण सुरु नै हुन सकेन । निर्धारित २० ओभरलाई १९ ओभरमा छोट्याएको एनआरएनए र एपीएफबीचको खेलमा पहिले ब्याटिङ गरेको एनआरएनएले १३.३ ओभरमा २ विकेट क्षतिमा १२० रन बनाउदै गर्दा वर्षाका कारण खेल रोकिएपछि सुचारु हुन  सकेन । उक्त २ टिमका साथै अन्य टिमले पनि समान १–१ अंक बाँडेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309