आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिगका विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नु भएको छ । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका लागि राखेपले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
पुरुष
१. हेल्प नेपाल २. गण्डकी ३. नेपाल प्रहरी
महिला
१. नेपाल प्रहरी २. एभरेष्ट ३. भलिबल क्लब एपीएफ
विधागत उत्कृष्ट
पुरुष
सर्वाेत्कृष्ट– मुवासर राजा वाटो (हेल्प नेपाल), स्पाइकर– सन्तोष (गण्डकी), सेटर– अदनान खान (हेल्प नेपाल), सर्भर – रमन कुमार (गण्डकी), ब्लकर – सफल विक (प्रहरी), लिवेरो– टोप बहादुर थापा (हेल्प नेपाल) र प्रशिक्षक– उत्सव खड्का (हेल्प नेपाल) ।
महिला
सर्वाेत्कृष्ट– उषा भण्डारी (प्रहरी), स्पाइकर– केपी अनुश्री (एभरेस्ट), सेटर– कमला पुन (प्रहरी), सर्भर– निरुता ठगुन्ना (एपिएफ), ब्लकर– सूर्या (एभरेष्ट), लिवेरो– शान्तिकला तामाङ (प्रहरी) र प्रशिक्षक– रुपेशकुमार विष्ट (प्रहरी) ।
फेसबुक प्रतिक्रिया