आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, सदस्य चन्द्र बदना राईलगायतको उपस्थिति रहेको थियो । राखेपको सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ ।
फेसबुक प्रतिक्रिया