आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ बाट पौडी खेलाडी छनोट
काठमाडौं, ३ चैत । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट खेलाडी छनोट भएका छन् । १२ पुरुष र ३ महिला गरी १५ खेलाडी छनोट भएको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।पुरुषमा मोरङका सत्कार ढकाल, हर्ष ढकाल, कालुराम माझी, सार्थक श्रेष्ठ र अजय सोरेन, संखुवासभाका इशान बस्नेत, विकास कुमाल र विकेश कुमाल, उदयपुरका निमाङ तामाङ र सपल दाहाल, तेह्रथुमका जीवन कार्की तथा सुनसरीका दिवस शर्मा छनोट भए । महिलामा मोरङकी अनुष्का पोखरेल, ओखल्ढुंगाकी सुदीक्षा दाहाल र झापाकी प्रशंसा रिजाल छन् । प्रतियोगिता सुनसरीको इटहरीमा भएको थियो ।
फेसबुक प्रतिक्रिया