Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारी अध्ययन गर्न कार्यदल

काठमाडौं माघ ८ गते ।
मध्यपश्चिमाञ्चलले आयोजनाको जिम्मेवारी पाएको आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारी अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘आठौं राष्ट्रिय खेलकुद पूर्वाधार तयारी अध्ययन कार्यदल’ गठन गरेको छ ।
राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको सदस्यहरुमा राखेपकी सदस्य शान्ति सिंह, राखेपकै सदस्य विनोदकुमार मैनाली, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि र राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका विश्वामित्र सन्जेल सदस्य रहेका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली सचिव छन् ।
आठौं राष्ट्रिय खेलकुदमा समावेश हुने विभिन्न खेलहरुको सम्भावित खेलस्थलहरुको अध्ययन गरी पूर्वाधार तयारीका सिलसिलामा निर्माण तथा मर्मत सम्भार गर्नु पर्ने विषयहरुको एकिन गर्न आवश्यक भएकोले कार्यदल गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जनाएका छन् ।
गत पुस १५ गते सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतित्यथामा भएको सातौं राष्ट्रिय खेलकुदको समापन समारोहमा २०७५ सालमा सम्पन्न गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई हस्तान्तरण गरिएको थियो । मध्यपश्चिमाञ्चलमा बृहत राष्ट्रिय खेलकुद हुन लागेको यो दोश्रो पटक हो । यसअघि मध्यपश्चिमाञ्चलले २०५५ सालको चैतमा बृहत खेलकुदको चौथो संस्करण आयोजना गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464