Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राइयाथलन पोखरामा हुने, पहिलो पटक एशिया कप पनि पोखरामा

ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो ।
पूर्वाञ्चलमा आयोजना भएको सातौ राष्ट्रिय प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता पनि अन्तमा मध्य–पश्चिमाञ्चलले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।


पूर्वाधार अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामानै आयोजना हुने भए पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।
नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका हुन । प्रतियोगिता यहि चैत ३० गते हुने भएको छ । ‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रयथोलन आयोजना गर्ने भनेका थियौं तर उक्त स्थल धार्मिक लगाएत अन्य विविध कारणले उक्त स्थानमा हुन सकेन अनि पूर्वाधार भएको पोखरामा गर्ने सोच बनाएका हौं’ अध्यक्ष श्रेष्ठले भने ।


नेपालगञ्जमा हुन नसकेपछि काठमाण्डौमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ट्राईयाथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको हुन्छ तसर्थ हामीले पोखरालाई उचित स्थलको रुपमा लिएका हौं ।
अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रायथोलन च्याम्यिनशिपलाई अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ ।
पोखरामा एशिया कप सहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु संगै संचालन हुनेछन । साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप भने सातौं पटक हो । एशिया कपका लागि एशिया बाट मात्रै नभई विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुद बाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ ।
प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २÷२ जना महिला र २÷२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।
यहि चैत ३० गते हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चार प्रदेशका खेलाडीहरुको दर्ता हुनु पर्नेमा समयमानै खेलाडीहरुलो आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुल्ला प्रतिस्पर्धा गराईन लागिएको हो । ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकोले पनि खेलाडीको संख्या बढन सक्ने श्रेष्ठले बताएका छन । अहिले सम्म नेपाली सेना बाट १२, शसस्त्रको एपिएफ क्लब बाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेश बाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोट बाट १ र रुकुम बाट २ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जस मध्ये १७ जना महिला खेलाडी रहेका छन ।
फेवातालको पानी प्रदुषित छ नि भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले फेवातालको पानी अन्तर्राष्ट्रिय महासंघमा परिक्षण गराइसकेको बताए । उनले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुपूर्व अन्तर्राष्ट्रिय महसंघमा पानीको परिक्षण गर्नुपर्ने अनिवार्यता रहेकोले पानीको शुद्धता परिक्षण गराइएको जानकारी दिंदै भने–‘फेवातालको पानी सोझै पिउन मिल्दैन तर पौडीका लागि कुनै हानीकारक छैन ।’ यो सबै परिक्षण बाट प्रमाणित भईसकेको उनले बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464