आठौं राष्ट्रिय खेलकूद : टेबल टेनिसको वुमन्स इभेन्टसमा पुलिसलाई स्वर्ण

लक्ष्मण वस्नेत,

दाङ, २८ चैत । दाङको घोराहीमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत टेवल टेनिस प्रतियोगिताको वुमन्स् टिम इभेन्ट्समा नेपाल प्रहरी टिम च्याम्पियन बनेको छ ।

फाइनलमा शसस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
पहिलो सेट ३–२ ले गुमाएको पुलिसले दोस्रो र तेस्रो सेट ३–१ त्था ३–० को स्कोरमा जित्दै स्वर्ण पदक चुमेको हो ।

प्रतियोगितामा वुमन्स् टिम इभेन्ट्स, मेन्स् टिम इभेन्ट्स, वुमन डवल, मेन्स् सिंगल, वुमन सिंगल, मिक्स डबल, मेन्स् डबल इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । चैत ३० गते सम्म संचालन हुने प्रतियोगितामा खेलाडी, अफिसियल गरी १ सय १८ वढी दाङ आएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309