आठ बर्ष पछि युएस ओपनमा नेपाल

आठ बर्षको लामो अन्तराल पछि नेपाली ब्याडमिन्टन टोलीले अमेरिकामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
मित्र राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यमा आषाढ २१ देखि २६ गते सम्म आयोजना हुने ‘योनेक्स युएस ओपन ग्रापि ब्याडमिन्टन च्याम्पियनसिप’ मा सहभागी हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा नङ्गसल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठ आषाढ १६ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
टोलीलाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक अर्जून वि.क., नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष उदय श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठलगायत पदाधीकारीहरुले बुधबार विदाई गरे ।
१ लाख २० हजार डलर पुरस्कार राशी रहेको अन्तराष्ट्रिय च्याम्पियनसिपमा नेपालले पुरुष / महिला एकल, पुरुष डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् । मिक्स डबल्समा विकास श्रेष्ठ र नङ्गसल तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309