Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

आर्मीका सुरेन्द्रलाई स्वर्ण

नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौलसमूहको जुनियरमा कञ्चनपुरका विशाल विष्ट पहिलो भए । विशालले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९८ गरी १७० केजी वजन उठाए ।
ओलम्पिक डेको अवसरमा स्पोर्ट्स फर अल कमिसन तथा नेपाल भारोत्तोलन संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ८५ केजीमा जम्मा २०५ केजी भार वहन गरेका नेपाल प्रहरी क्लबका गगन चन्दले स्वर्ण जिते । गगनले स्न्याचमा ९० केजी र क्लिन एन्ड जर्कमा ११५ केजी वजन उचाले । प्रहरीकै श्रीकृष्ण महर्जन दोश्रो र काठमाडौंका दिनेश कार्की तेश्रो भए । ९४ केजीमा आर्मीका दिनेश श्रेष्ठले स्न्याचमा ११० र क्लिन एन्ड जर्कमा १४२ गरी जम्मा २५२ केजी वजन उठाउदै पहिलो स्थान हात पारे । सो स्पर्धाको जुनियरमा सागर भण्डारी शीर्ष स्थानमा रहे । उनले स्न्याचमा ७७ र क्लिन एन्ड जर्कमा ८५ गरी जम्मा १६२ केजी भार वहन गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष १०५ केजीमा आर्मीका गगनसिंह ओली पहिलो भए । उनले स्न्याचमा १०५ र क्लिन एन्ड जर्कमा १३२ गरी कूल २३७ केजी भार उठाए ।
पुरुष १०५ केजीमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लिन एन्ड जर्कमा १३५ गरी कूल २५० केजी भार वहन गर्दै स्वर्ण हात पारे । उक्त स्पर्धाको जुनियरमा प्रहरीका सन्दिप गुरुङ पहिलो बने । सन्दिपले स्न्याचमा ८७ र क्लिन एन्ड जर्कमा ११० गरी जम्मा १९७ केजी वजन उचाले ।
महिलाको ६३ केजीमा सप्तरीकी शान्ति चौधरीले पहिलो स्थान हात पारिन् । शान्तिले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा ७२ गरी जम्मा १२७ केजी वजन उठाइन् । ६९ केजीमा आर्मीकी मनीता श्रेष्ठले स्वर्ण चुमिन् । मनीताले स्न्याचमा ५६ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १३१ केजी भार उचालिन् । ७५ केजीमा प्रहरीकी लक्ष्मी वनले स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७० सहित कूल १२८ केजी भार उठाउदै शीर्ष स्थानमा रहिन् । ७५ केजीमाथि १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता तारादेवी पुन पहिलो भइन् । प्रहरीकी ताराले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ९० गरी जम्मा १५० केजी भार उठाइन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464