Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

आर्मी क्लब र सशस्त्रलाई आमन्त्रण कप उपाधी

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन्
आर्मीले नेपाल प्रहरीलाई ३–१ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीले पहिलो सेटमा पुलिसलाई २५–२१ ले पाखा लगाउन सफल भयो । तर दोश्रो सेटमा आर्मी टिममा ताल मेलमा केहि कमी देखिंदा पुलिसले २५–२१ को जित निकाल्यो । दोश्रो सेटमा पराजित आर्मीले तेश्रो सेटमा २७–२५ को कठिन जित निकाल्यो भने चौथो सेटमा २५–१३ ले जित निकाल्दै उपाधी कब्जा गरेको हो ।
आर्मीले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । दोश्रो भएको पुलिसले ७७ हजार ७ सय ७७ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।
सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेकोे प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले भर्खरै काठमाण्डौमा सम्पन्न सशस्त्र प्रहरी निरीक्षक कप भलिबल प्रतियोगितामा भएको हारको बदला लिन सफल भयो । एपिएफले सशस्त्रको विजेता न्यू डायमण्डलाई ३–१ले पराजित गर्दै उपाधीलाई आत्मसात गर्न सफल भयो । एपिएफले डायमण्डलाई पहिलो र दोश्रो सेटमा २५–१८ र २५–१४ले पराजित ग¥यो । तर तेश्रो सेटमा डायमण्डले एपिएफलाई २५–१८ ले हराउंदै खेलमा फर्कने प्रयास गरेता पनि चौथो सेटमा १५–२५ले पछि पर्दै एपिएफलाई जित सुम्पन्न बाध्य भयो ।
यसका साथै एपिएफले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । दोश्रो भएको डायमण्डले नगद ७७ हजार ७ सय ७७ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा महिला तर्फ न्यू डायमण्डले चार विधामा उत्कृष्टको बाजी मा¥यो । डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेण्डर सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर ललिता नाथ र उत्कृष्ट सेटर कृपा अधिकारी घोषित भए । यस्तै उत्कृष्ट सर्भर एपिएफकी रेश्मा भण्डारीले र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरीले हात पारिन् ।
यस्तै पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी आर्मीका धन बहादुर भट्ट घोषित भए । उतकृष्ट डिफेन्डरमा आर्मीका शमसेर बहादुर चन्द, उत्कृष्ट ब्लकरमा हरि अधिकारी, उत्कृष्ट सेटर प्रहरीका ईम बहादुर राना, उत्कृष्ट सर्भर आर्मीका मान बहादुर श्रेष्ठ र उत्कृष्ट स्पाईकर प्रहरीका कुल बहादुर थापा घोषित भए ।
सर्वोत्कृष्टले नगद १० हजार र उत्कृष्टले नगद ५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।
सोही अवसरमा भलिबल खेलको विकास र विस्तामा आफ्नो तर्फबाट सहयोग पु¥याउनु हुने पूर्व भलिबल खेलाडी एवं बिदेशमा गएर ब्यबसायीक खेल्ने प्रथम खेलाडी सशस्त्र प्रहरी बलका महानिरीक्ष दूर्ज कुमार राईलाई सम्मान गरिएको थियो । यसैगरि पोखाामा भलिबल खेलको विकासमा सदा सहयोग पु¥याउनु हुने कास्की जिल्ला एपिएफ गणपती एसएसपी कृष्ण भक्त ब्रम्हचार्यलाई दोसल्ला आढाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले सम्मान गरेका थिए । सोही क्रममा प्रतियोगितालाई सफल पार्न सहयोग पु¥याउने सृजना विकास केन्द्रका अध्यक्ष अर्जून कुमार श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मा गरिएको थियो । यस्तै खेललाई सफल पार्न सहयोग पु¥याउनु हुने महानुभावहरुलाई समेत सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464