Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो ।
अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पुरा गरीन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यसै गरी बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
त्यसै गरी पुरुष ४ सय मिटर आइएम एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पुरा गर्दै नयाँ कीर्तिमान समेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते भने एपिएफका सुरेन् बहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।
त्यसै गरी महिला १ मिटर बेष्टस्टोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
मंगलबार नै भएको पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जितेका छन् । उनले १ मिनेट ७.९३ सकेण्डमा पुरा गर्दै उनले कीर्तिमानी स्वर्ण जिते । त्यसै गरी आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कास्य पदक जिते ।
अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्डमा पुरा गर्दै रजत पदक जितेका छन् भने एपिएफका सुरेन्द्र बहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।
अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका आस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेण्डमा पुरी परा गरिन् । आर्की गौरीका सिंहले २८.२९ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दुरीपुरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् ।
पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आमीका अलेकजेण्डर शाहाले २३.८७ सेकेण्डमा दुरिपुरा गर्दै स्वर्ण पदक जितेका छन् । त्यसै गरी पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेण्डमा दुरीपुरा गर्दै रजत र एपिएफका तेन्जीङ नाम्दी रयान गुरुङले २५.८२ सेकेण्डमा पुरा गर्दै कास्यपदक जिते । ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।
पौडी प्रतियोगितामा आर्मी दुवाना लामाले ९ स्वर्ण, १ रजत सहित १० पदक जितेकी छन् भने आर्की नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् । एनआरएनका एस्लि सापकोटा डङगोलले ६ स्वर्ण, २ रजत सहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजत सहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464