Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

आलोक विद्याश्रमलाई नेटबल खेल सामाग्री हस्तान्तरण

नेपाल नेटबल संघले अष्ट्रेलिया सरकारको सहयोगमा प्राप्त खेल सामाग्री ज्ञानेश्वरस्थित आलोक विद्याश्रमलाई हस्तान्रण गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा नेपाल नेटबल संघका बरिष्ठ उपाध्यक्ष बसन्त नकर्मी र उपाध्यक्ष महेश नेपालीले नेटबल खेलका सामाग्री विद्यालयकी प्रधानाध्यापक बनिता मित्तल अग्रवाललाई हस्तान्तरण गर्नुभयो ।
विद्यालय स्तरबाटै नेटबल खेलको विकास गर्ने उदेश्यले अष्ट्रेलिया सरकारले नेपाल नेटबल संघलाई सो खेल सामाग्री प्रदान गरेको थियो । विद्याश्रमकी प्रधानाध्यापक अग्रवालले नेटबल खेलको विकासका लागी आफु सहयोग गर्न तयार रहेको बताउदै आगाम दिनमा अन्य खेलको विकासका लागी पनि तयार रहेको बताउनुभयो ।
जस अनुसार पहिलो चरणमा नेपाल नेटबल संघले उपत्यकाका विभिन्न १२ वटा विद्यालयमा विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्नेछ । पहिलो चरणको प्रशिक्षणका लागी संघले ती विद्यालयलाई निशुल्क रुपमा प्रशिक्षक पनि उपलब्ध गराउने जानकारी संघका महासचिव दिपक लामाले दिनुभयो । महासचिव लामाले यो खेलको प्रबर्धन नेपालमा गर्न सके महिला सशक्तिकरणमा पनि उल्लेख्य फड्को मार्न सक्ने विश्वास ब्यक्त गरे । खेल सामाग्री हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464