आवश्यकताको आधारमा खेल संघको अस्तित्व स्विकार गरिने

काठमाडौं, साउन २५ गते ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार गर्न जरुरी भएको बताउदै संघहरुको वर्गाीकरण गर्न आवश्यक रहेको बताए । नेपाल बक्सिङ संघले आयोजना गरेको सम्मान कार्यक्रमा उपाध्यक्ष कोईरालाले उक्त विचार ब्यक्त गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा नेपाल बक्सिङ संघले आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको थियो ।
उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।
सदस्य–सचिव सिलवालले कुनैपनि खेलको विकासका लागि तल्लो तहदेखि नै खेलाडी पहिचान र खेलकुदको विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बक्सिङका ओम्पियनत्रय राविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा, राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङका एसियाड पदक विजेता दीपक महर्जनलगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420