उपाध्यक्ष कोईरालाद्वारा आईटिएफ खेलाडी तथा प्रशिक्षक सम्मानित
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले खेलाडी, प्रशिक्षकलाई सम्मान गरेका छन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २३ औं बार्षिकोत्सवका अवसरमा आईटिफका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको हुन् ।
ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाईभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष कोईराला सहित राखेप सदस्य द्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराईले बर्ष २०१९ का उत्कृष्ट खेलाडीहरु पुरुष तर्फ युनिस गौतम र महिला तर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षक राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षक बिक्रम बाठा मगरलाई प्रशंसा पत्रद्वारा सम्मान गरेका हुुन् । यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ्ग जिल्ला रहेका छन् ।
सो कार्यक्रममा उपाध्यक्ष कोईरालाले केक काटेर आईटिएफको बार्षिकोत्सवका साथै कार्यक्रमको उद्घाटन गरेका थिए ।
फेसबुक प्रतिक्रिया