उपाध्यक्ष ज्वालाद्वारा फुटबल टोलीलाई बिदाई

हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने बिषेश फुटबल प्रशिक्षण र बिशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागि हुन जाने फुटबल टोलीलाई आईतबार एक कार्यक्रमका विच प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले शुभकामना सहित विदाई गरे ।
प्रशिक्षणमा सहभागि हुन जाने स्वस्तीश्री गुरुकुलका २३ टोलीलाई उपाध्यक्ष ज्वालाले त्याहाँ प्राप्त ज्ञान नेपाली फुटबलमा उपयोगी हुने विश्वास ब्यक्त गर्दै टोलीले नेपालको समेत प्रतिनिधित्व गर्ने भएकोले नेपालको ईज्जत बढाउन कुनै कसर बाँकी नराख्न टोलीलाई निर्देशन दिए । उपाध्यक्ष ज्वालाले खेलकुदको उद्गम थलो स्कुलनै भएको भन्दै खेलाडी तयार गर्न स्वस्तीश्रीले गरेको कार्यको स¥हाना गर्दै खेलाडीहरुलाई उपयुक्त ज्ञान हासिल गरेर आउन शुभकामना ब्यक्त गरे ।
यस्तै खेलाडीहरुलाई बिदाई गर्ने क्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामाले हल्याण्ड जाने टोली स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकोले शिर्ष ज्ञान प्राप्त गर्न शुभकामना ब्यक्त गर्दै त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलको विकासमा कोशे ढुङ्गा सावित हुने बताए ।
नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्गको नेतृत्वमा सहभागि हुन जाने टोलीमा प्रशिक्षकमा ज्वाला बिष्ट र खेलाडीहरुमा दिर्घायु पिया, सदित अर्याल, दीप खत्री, बैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, साश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाईचुङ्ग तामाङ्ग, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ्ग, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहान मान जोशी रहेका छन् । प्रशिक्षण कार्यक्रम श्रावण २५ देखि ३१ गते सम्म संचालन हुनेछ ।
खेलाडीहरु आफ्नो खर्चमा त्यस तर्फ प्रस्थान गर्न लागेको र ब्यक्तिगत सम्वन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागि हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको नेतृत्वकर्ता गुरुङ्गले जानकारी गराए । टोली सोमबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373