एएसबीसी इलाईट बक्सिङमा आर्मीका बिमला,पुनम र आशिष छनोट

नेपाल आर्मीका चार खेलाडी बिमला श्रेष्ठ,पुनम रावल,आशिष दवाडी र सुशिल थापा एएसबिसी इलाईट(बकदअ भष्तिभ) महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने पक्का भएका छन् ।

शनिवार भएको महिलातर्फको ५१ केजी तौल समूहमा आर्मीकी बिमला श्रेष्ठले एपीएफकी माला राइलाई ४–१ ले अंकका अधारमा पराजित गरिन् । महिला ६० केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी संगिता सुनारलाई ४–१ ले अंकका आधारमा हराउदै छनोट भईन् ।

राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहमा भएको ९१ केजीमाथी को तौल समूहमा आर्मीकै आशिष दवाडीले गण्डकी प्रदेशका कुशल रानालाई ३५ सेकेन्डमै नकाउट पन्च हान्दै छनोट भए । शुक्रवार ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशिल थापाले प्रदेश ३ का मदन डंगोललाई ५–० ले अंकका आधारमा हराउदै छनोट भएका थिए ।

थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुने प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले हौसला प्रदान गदै भने– राज्यको नेतृत्व गर्ने अवसर पाउनु भएको छ,कडा मेहनत गरेर आफुलाई तयारी बनाउनु होला । तपाईहरुको प्रशिक्षणका लागि नेपाल बक्सिङ संघले आवश्यक सहयोग गर्ने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309