Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एकै प्रकृतिका संघलाई एक हुन निर्देशन

काठमाण्डौं,२०७७ मंसिर २६ ।
युवा तथा खेलकुद मन्त्रालयबाट गठित विबाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाईने नियम पनि एउटै छ ।
समितिले आन्तरिक विबादमा रहेका संघलाई पनि यथा सिध्र बिवाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धीत संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन गर्ने भएको हो । संयोजक कोईरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य संचालन विधि (TOR) तयार गर्ने निर्णय गरेको छ । संघहरुमा बेला बखत देखिने नीतिगत ब्यवस्थापकिय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनीति तयार गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री स्तरिय निर्णय अनुसार मंसिर २२ गते राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा ७ सदस्य विबाद समस्या समाधान तथा सहजिकरण समिति गठन भएको थियो । समितिको अन्य सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महा शाखा प्रमुख, राखेप सदस्यहरु गोबिन्द भट्राई, पुरेन्द्रबिक्रम लाखे, नन्दा बस्याल, राखेप कानुन शाखा प्रमुख नारयणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रवहादुर कार्की रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464