एथलेक्टिसमा सेनालाई २१ स्वर्ण

बैशाख ९ गते ।नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ ।दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन  गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउदा नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतिय स्थान हासिल ग¥यो । त्यस्तै ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ । बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पिएन बनेका छन् ।  ४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पिएन बनेका हुन् ।

यस्तै प्रदेश नं ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा  एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे । त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन् ।

त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दुरि पार गर्दै एपिफ कि पुस्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् । दाङको बेल्झुण्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तापुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुदै श्रीगाँउबाट पुनः सोही ट्रयाक हुदै वेलझुण्डी रंगशालाको सेन्थेटीक ट्रयाकमा एक राउण्ड लगाएर अन्त्य गरिएको थियो । म्याराथनमा पुरुष तर्फ १५ र महिला तर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309