Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एथलेटिक्समा आर्मी च्याम्पियन

१९ स्वर्ण पदक सहित नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।

सर्वाधिक पदक हात पादै च्याम्पियन बनेको आर्मीले १९ स्वर्ण सगै १३ रजत र १३ कास्य गरी कुल ४५ पदक आफनो नाममा लेखाएको थियो ।

१० स्वर्ण, १० रजत र १० कास्य गरी कुल ३० पदक सहित सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो, २ स्वर्ण, ८ रजत र ६ कास्य गरी १६ पदक सहित नेपाल पुलिस क्लब तेस्रो भयो ।

यसै गरि बागमती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदक, २ स्वर्ण, ३ रजत र १ कास्य गरि लुम्बिनी प्रदेशले ६ पदक , गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य गरि ४ पदक, कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत र सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जिते ।

पाँच हजार मिटर दौड ः

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा एपिएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा निर्धारित दुरी १४ मिनेट २९.६७ सेकेन्डमा पुरा गर्दै गोपीचन्द्रले स्वर्ण पदक जितेका हुन् ।

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए । त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दुरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

चार गुणा चार मिटर रिले ः

एथलेटिक्सको ४ सय वाइ ४ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ । आर्मीले महिला पुरुष दुवै समुहमा स्वर्ण जितेको हो ।

पुरुष अन्तरगत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दुरी ३ मिनेट १८.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेको हो ।

सो इभेण्टमा एपीएफले रजत पदक जितेको छ । एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दुरी ३ मिनेट, २५.८२ सेकेण्डमा पार गरेको थियो ।

यसैगरी पुलिसको टोलीले काँस्य पदक जितेको छ । पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समूहले निर्धारित दुरी ३ मिनेट २९.३५ सेकेण्डमा पूरा गर्दै काँस्य जितेको हो ।

महिलातर्फको सोही इभेण्टमा आर्मीले स्वर्ण जितेको छ । आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समूहले निर्धारित दुरी ४ मिनेट २.७८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

यसैगरी ४ मिनेट १४.८० सेकेण्डमा निर्धारित दुरी पार गर्दै लुम्बिनी प्रदेशले रजत पदक जितेको छ । लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको समुहले निर्धारित दुरी ४ मिनेट १४.८० सेकेण्डमा पार गर्दै रजत पदक जितेको हो ।

काँस्यमा चित्त बुझाएको बागमती प्रदेशले भने निर्धारित दुरी ४ मिनेट २२.७९ सेकेण्डमा पूरा गरेको थियो । बागमतीका अञ्जु खड्का, रजीना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको समूहले काँस्य जितेको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464