Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एथलेटिक्स : लुम्बिनी र कर्णालीलाई राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार एथलेटिक्सको ५ स्वर्ण पदक निर्णय भएको छ ।
जसमा नेपाली सेनाले ३ तथा लुम्विनि र कर्णाली प्रदेशले १-१ स्वर्ण पदक हात पारेका छन्।
पोखरा रंगशालामा सोमबार भएको महिला १ सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गरिन्।
हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन्।
उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन्।
यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर काश्य पदक जितिन्।

११० मिटर हर्डल्सः चौधरीलाई स्वर्ण
यसैगरी १ सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए।
चौधरीले निर्धारित दुरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका राम प्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी काश्य पदक जिते।

डिसकस थ्रोः ओली र अधिकारी विजेता
एथ्लेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्ण पदक हात पारे।
नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटर सहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कास्य पदक जिते ।
महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बढामगरले ३२.३५ मिटर फालेर कास्य पदक प्राप्त गरिन्।

३००० मिटर स्टिपल चेज: दुर्गालाई कीर्तिमान सहित स्वर्ण
कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले पुरुष ३ हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितेका छन् ।
उनले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले ८ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए।
सो स्पर्धामा एपीएफका अजित कुमार यादवले ९ मिनेट २१ः१० सेकेन्डमा दुरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की ९ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै कास्य जिते ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464