एथलेटिक्स टोली लखनउ जाने
५६ औं अल इन्डिया खुला एथलेटिक्स प्रतियोगितामा भाग लिन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको लखनउ प्रस्थान गर्दैछ ।
सेप्टेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगताको १ सय र २ सय मिटरमा यामसाजन सुनार, २ सय र ४ सय मिटरमा आशिष चौधरी, ४ सय र ८ सय मिटरमा सोमबहादुर कुमाल तथा ४ सय मिटरमा नीरप्रताप महतोले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले ४ गुणा ४ सय मिटर रिलेमा पनि भाग लिने बताइएको छ ।
टिम प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् । नेपालगन्जमा रहेका चौधरी त्यत्तैबाट टोलीसंग मिसिएर लखनउ जाने छन् ।
टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह, महासचिव सुनील राजवंशीलगायतले एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे । महासचिव राजवंशीले खेलाडीबाट इलेक्ट्रोनिक्स टाइममा राष्ट्रिय कीर्तिमान बनाउने अपेक्षा गरिएको बताए ।
फेसबुक प्रतिक्रिया