Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एनआरएनएको विजयी सुरुआत

एनआरएनएले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । वर्षका कारण ६ ओभरमा झारिएको खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित ग¥यो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउदै ७४ रन बनायो । एनआरएनएका ‘म्यान अफ द म्याच’ सागर पुनले नटआउट रहँदै ४६ रन जोडे । उनले १९ बलमा ३–३ चौका÷छक्का प्रहार गरे । कप्तान सुनाम गौतमले २४ तथा दीपक क्षेत्रीले नटआउट २ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले २–२ विकेट लिए ।

सुदूरपश्चिम ६ ओभरमा ६ विकेट क्षतिमा ६२ रनमा समेटियो । खडक बोहराले १२, कप्तान राजु रिजालले ११, बसन्त कार्कीले ४, लोकेन्द्र चन्दले ७, नारायण जोशीले ४, बसन्त खत्रीले १० र शेर मल्लले ८ रन बटुले । एनआरएनएका दीपक क्षेत्रीले ४ विकेट लिए भने सुनाम गौतम र आशिष पोखरेलले १–१ विकेट हात पारे । बृहत राष्ट्रिय खेलकुदमा एनआरएनएले टिम स्पर्धामा पहिलोपटक सहभागिता जनाएको हो ।

बिहीबारै कीर्तिपुरमा हुने बागमती प्रदेश र प्रदेश १ बीचको खेल वर्षाका कारण भएन । बिहीबारै मूलपानीमा हुने मधेश प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल पनि वर्षाका कारण सम्भव भएन । सम्भव नभएका खेलका टिमले १–१ अंक बाँडेका छन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ब्याटिङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बलिङ गरी शुभारम्भ गरे ।

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने भएपनि क्रिकेटको अन्तर्राष्ट्रिय तालिकासंग नबाझिने गरी राष्ट्रिय क्रिकेट आयोजना गरिदिन नेपाल क्रिकेट संघ (क्यान) बाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थानमा सहभागी ११ वटै टिमको समेत क्यानको प्रस्तावमा सहमति भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको हो ।

प्रतियोगितामा ११ टिम सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल प्रहरी, नेपाली आर्मी र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा एनआरएनए, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश १ र एपीएफ क्लब रहेका छन् । फाइनल भदौ ३१ गते हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464