Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एनआरटी सेमिफाइलनमा

काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको क्रसलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै उनले दोश्रो हाफको दोश्रो मिनटमा अर्को गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए ।
स्पोर्टस् फर अल नेपालको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा काठमाण्डौकै ब्वाईज युनियनले भरतपुर फुटबल क्लबमाथी टाईब्रेकरको सहायताले ४–१ गोल अन्तरले पराजित ग¥यो । निर्धारित ९० मिनटको समय सम्म दुवै टोलीबाट समान ३–३ गोल भई बरावरीमा खेल समाप्त भए पछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा ब्वाईज युनियनका लागि जिम्मि, एसेस, सुजन पुन र केटाले गोल गरेका थिए भने भरतपुरका लगि सेगुनले मात्र गोल गरेका थिए । लवल र अभिषेक रिजालको बल गोल बारमा लागेर बाहिरेको थियो ।
निर्धारित समयको खेलमा पहिलो हाफको २१ औं मिनटमा जनक कार्कीले प्रहार गरेको बललाई बाबु बानियाले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको अवस्थामा ब्वाईज युनियनको लागि पहिलो हाफको २७ औं मिनटमा केटाले गोल गर्दै खेललाई बरावरीमा ल्याए । निकैनै प्रतिस्पर्धात्मक भएको खेलमा भरतपुरका लागि पहिलो हाफको २९ औं मिनटमा ३५ यार्ड टाढाबाट फाउलमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै लावलले पुन टोलीलाई २–१ गोल अन्तरमा पु¥याए । खेललाई बराबरीमा पु¥याउने क्रममा ब्वाईज युनियनका एससले दोश्रो हाफको १२औं मिनटमा गौतम श्रेष्ठले माईनस गरेको बलमा हेड गर्दै खेललाई पुन बराबरीमा पु¥याए । यस्तै भरतपुरका लावलले दोश्रो हाफको १८ औं मिनटमा आफ्नो ब्यक्तिगत दोश्रो गोल गर्दै पुन टिमलाई ३–२ को अग्रताका साथ जित नजिक पु¥याएका थिए । एक गोलले पछि परेको अवस्थामा संयमित खेल खेल्दै ब्वाईज युनियका विजेश थापाले डि बक्स नजिकबाट पाएको बललाई सिधै गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।
भोलीको खेल सेनाको त्रिभुवन आर्मी क्लब र विरगंज युथ एकेडेमी तथा नेपाल पुलिस क्लब र एभरेष्ट क्लब चितवनका विच प्रतिस्पर्धा हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464