एनएनएमजीसीमा कार्की
नेपाल नेसनल मार्सल आर्ट गेम्स कोन्फिडेरेसन (एनएनएमजीसी) को अध्यक्षमा प्रवीण कुमार कार्की निर्विरोध चयन भएका छन् । कोन्फिडेरेसनको दोश्रो साधारण सभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति समेत सर्वसम्मत चयन ग¥यो ।
उपाध्यक्षमा अन्जन धमला, कल्पदीप राई र दीपक श्रेष्ठ, महासचिवमा दिनेश शर्मा, सचिवमा सन्जु महर्जन र विजय श्रेष्ठ तथा कोषाध्यक्षमा मनोज खड्का रहेकाछन् । सदस्यहरुमा देवजंग पण्डित, प्रेम बहादुर कोइराला, प्रकाश बाबु थापा, सन्तोष श्रेष्ठ, केशव कृष्ण डंगोल, अर्जुन बाबु श्रेष्ठ, कृष्ण बहादुर रावत, सुनीता घिमिरे तथा लीला प्रसाद काफ्ले छन् ।
फेसबुक प्रतिक्रिया