एपिएफको प्रतिद्वन्दी पुलिस

चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सेमिफाइनलमा पुलिसलाई प्रतिद्वन्दी पाएको छ ।
स्पोर्टस् फर अल क्लबको आयोजनामा भएको प्रतियोगितको क्वाटरफाईनलमा ब्वाईज युनियनलाई ४ – १ गोल अन्तरले पाखा लगाउंदै एपिएफले सेमिफाइनल यात्रा तय गरेको हो । एपिएफका लागि २० औं मिनटमा अन्जन विष्टले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै खेलको ४५ औं मिनटमा नविन लामाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारे । गोल संख्यालाई बढाउने क्रममा खेलको दोश्रो हाफको ७ औं मिनटमा आदित्य चौधरीले हानेको फ्रि किकलाई हेड मार्फत गोल गर्दै टोलीलाई वियय नजिक पु¥याए । दोश्रो हाफको अतिरिक्त समयको तेश्रो मिनटमा युवराज खड्काले चौथो गोल गर्दै टोलीको जितलाई निश्चित गरे ।
म्यान अफ द म्याच अन्जन बिष्टले थुप्रै गोल गर्ने अवसरलाई चुकाएका थिए ।
ब्वाईज युनियनको लागि एक मात्र सान्त्वना गोल संदीप मैनालीले गरे । उनले दोश्रो हाफको २२ औं मिनटमा विजय पौडेलले डिबक्स बाट हानेको बल गोल पोष्टको बारमा लागेर फर्किए पछि कुनै गल्ति नगरि जाली चुमाए थिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र एनआरटिकाविच शुक्रबार हुने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373