Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एपीएफलाई राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि

सशस्त्र प्रहरी बलको एपीएफले मङ्गलबार पूर्वाञ्चललाई दस रनले हराएर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदान भएको फाइनल जितेपछि एपीएफले ट्रफीसहित एक लाख रुपिया पनि प्राप्त गर्यो । उपविजेता पूर्वाञ्चल ५० हजार रुपियाँको हकदार बन्यो । हङकङमा हुने आइसीसी महिला विश्वकप छनोट–एसिया २०१६ को यो छनोट प्रतियोगिता पनि हो । अब यस प्रतियोगिताबाट चयन भएका खेलाडीलाई बन्द प्रशिक्षण शिविरमा राखिनेछ ।
वर्षाले प्रभावित पारेपछि उपाधि भिडन्त प्रति पाली दस–दस ओभरमा कटौती गरिएको थियो । टस हारेपछि पहिले ब्याटिङ गर्न मैदानमा आएको एपीएफले निर्धारीत १० ओभरमा एक विकेटको क्षतिमा ६४ रन बनायो । विकेटकिपर ज्योति पाण्डे आठ रनमै कविता गौतमको शिकार बनेपनि सीता राना मगरले सरिता मगरसँग मिलेर अविजित ४९ रनको साझेदारी निर्वाह गरी एपीएफलाई चुनौतीपूर्ण स्कोरतर्फ पु¥याए । सीताले २८ बलमा २९ र सरिताले १८ बलमा तीन चौकासहित २२ रन बनाए ।
पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीले दुई ओभरमा २० रन खर्चनुभयो । पूर्वाञ्चलकी सन्तोषी चैधरीले दुई ओभरमा चार र कविताले दुइृ ओभरमा नौ रन खर्ची सटिक बलिङ गरे ।
पूर्वाञ्चलले लक्ष्य पछ्याउने क्रममा पाँच विकेटको क्षतिमा ५४ रनमात्रा बनाउन सक्यो । रुविनाले अविजित १६ रन बनाएर प्रयास गरेपनि आप्mनो टिमलाई जिताउन सकिनन् । तीन ब्याट्सवुमन आउट हुँदा पनि पूर्वाञ्चललाई लक्ष्य पछ्याउन कठिन भएको थियो । एपीएफकी करुणा भण्डारी र सरिताले एक–एक विकेट लिए ।
प्रतियोगितामा मध्यपश्चिमका लक्ष्मी चौधरी सर्वश्रेष्ठ ब्याट्सवुमन र पूर्वाञ्चलकी सन्तोषी सर्वश्रेष्ठ बलर घोषित भए । यी दुवैले ट्रफीसहित दस–दस हजार रुपियाँ प्राप्त गरे । पूर्वाञ्चलकी सबनम राई सर्वश्रेष्ठ फिल्डर चुनिईन् । लक्ष्मीले दुई खेलमा ६१ रनको औसतमा कूल ६१ रन र सन्तोषीले सर्वाधिक छ विकेट लिएकी थिईन् ।
यसैगरी, च्याम्पियन टिमकी सरितालाई प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित गरियो । सरिता दस हजार रुपियाँले पुरस्वृmत भईन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464