एपीएफ फाइनलमा
सशस्त्र प्रहरी बलको टिम एपीएफ आइतबार मध्यपञ्चिमाञ्चललाई सजिलै नौ विकेटले हराएर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
एपीएफ लगातार दोस्रो जित हात पारी समूह एबाट फाइनलका लागि योग्य बनेको हो । एक दिनअघि एपीएफले मध्यमाञ्चललाई पनि हराएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको एपीएफले मध्यपश्चिमलाई निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा ६४ रनमै रोकेको थियो । एपीएफले लक्ष्य ११।२ ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाई हासिल गर्यो ।
प्रारम्भिक जोडी ज्योति पाण्डे र सीता राना मगरले ४४ रनको साझेदारी गरेपछि एपीएफको जित अझ सहज बन्यो । सीता २६ बलमा २७ रन बनाएपछि रनआउट हुनुभयो । ज्योति २९ बलमा २३ रन बनाएर अन्तसम्म ेर सरिता मगर ४ रनमा अविजित रहे ।
यसअघि, मध्यपञ्चिमाञ्चलको पालिमा लक्ष्मी चौधरीले २२ र कप्तान नेरी थापाले ११ रनको योगदान दिईन् । प्रारम्भिक बलर रितु कनौजियाले तीन तथा करुणा भण्डारी र सीताले दुई÷दुई ब्याट्सवुमनलाई आउट गरेपछि मध्यपश्चिमको पालि धराशायी भएको हो ।
यसअघि, आइतबार भएको पहिलो खेलमा सुदुर पश्चिमाञ्चलले पश्चिमाञ्चलाई आठ विकेटले पराजित गर्यो । सुदुरपश्चिमको यो पहिलो जित भएको छ । पश्चिमाञ्चल भने हारसँगै प्रतियोगिताबाट विदा भयो । अब सुदुरपश्चिम र पूर्वाञ्चलबीचको विजेताले एपीएफविरुद्ध उपाधि भिडन्त गर्नेछ ।
पहिले ब्याटिङको निमन्त्रणा पाएको पश्चिमाञ्चलले तीन विकेटको क्षतिमा ९१ रन बनाएको थियो । पश्चिमाञ्चलका लागि कप्तान इन्दु वर्माले ५५ बलमा तीन चौकासहित सर्वाधिक ४३ रन बनाईन । प्रारम्भिक ब्याट्सवुमन वर्षा रानाले पनि ३३ रनको उपयोगी पालि खेलिन।
सुदुरपश्चिमले १९ औँ ओभरमा दुई विकेटको क्षतिमा ९४ रन बनाई जित हात पार्यो । प्रारम्भिक ब्याट्सवुमन माया रावत सावद दुई रनमै आउट भएपनि कप्तान रेखा रावलले २२, रोशनी बोहराले अविजित ३६ र कविता जोशीले अविजित २५ रन बनाएपछि पश्चिमाञ्चलले हार टार्न सकेन ।
फेसबुक प्रतिक्रिया