एशियन युनिभर्सिटि स्पोर्टस महासंघ सदस्यमा बोहरा निर्वाचित

विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण सिंह बोहरा एशियन युनिभर्सिटि स्पोर्टस महासंघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । चाईनाको जियामेन शहरमा नोभेम्बर २० देखि २२ सम्म आयोजित महासंघको नवौं साधारण सभाबाट उनी निर्वाचित भएका हुन् ।
चार सदस्यको लागि भएको निर्वाचनमा १० जनाको उम्मेदवारी परेको थियो । ३२ राष्ट्रका मतदाता रहेकोमा बोहराले १९ मत प्राप्त गरेका थिए । कार्यकारी सदस्यको लागि दक्षिण एशियाबाट परेको एकमात्र उम्मेदवारीमा निर्वाचित हुन सफल भएको महासचिव बोहराले जानकारी गराएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309