एशियाडका लागि पौडीका ४ खेलाडी छनौट

नेपाल पौडी संघले मित्र राष्ट्र चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।
संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरि चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको बताए ।
छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेण्डर गादेगार्ड शाह ९ब्भिहबलमभच न्बमभनबबचम क्जबज० र नासिर याह्या हुसेन ९ल्बकष्च थ्बजथब ज्गककबष्ल० तथा महिला तर्फ गौरिका सिंह ९न्बगचष्पब क्ष्लनज० र डुवाना लामा ९म्गबलब ीबmब० रहेका छन् । एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए ।
बैकल्पिक खेलाडीमा पुरुष तर्फ विकास कुमाल र महिला तर्फ अनुशिया तण्डुकार रहेका छन् । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए ।
अध्यक्ष बज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गईरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420