एसकेडियुएन हलको उद्घाटन

काठमाडौं, मंसिर ४ गते ।
नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले हलको विधिवत् उद्घाटन गरे ।
बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ । तत्कालीन बुढानीलकण्ठ गाविसबाट २०५७ सालमा संघलाई उक्त जग्गा प्राप्त भएको थियो ।
कार्यालय भवन, ब्याडमिन्टन र बास्केटबल कोर्ट, जिम हल निर्माण, खेलाडीको चेन्जिङ रुमलगायत निर्माण गर्ने योजना पनि रहेको संघले जनाएको छ ।
3 (3)सो अवसरमा सन् २०१५ मा सर्बियामा भएको विश्व च्याम्पियनसिपमा कांस्य जित्न सफल खेलाडीद्वय विन्दन थापा मगर र रुपेश कुँवरलाई पनि सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420