एसियाडका लागि रग्बी टोली घोषणा

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।
छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, विवश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् । वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् ।
एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373