एसियाडमा नेपाल पुस्तक विमोचन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा प्रकाशित एसियाडमा नेपाल पुस्तक विमोचन गरिएको छ । राखेपको आयोजनामा धुलिखेलमा भएको राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रमको उद्घाटन अवसरमा पुस्तक विमोचन गरिएको हो ।
माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले पुस्तक विमोचन गर्नु भयो ।
फेसबुक प्रतिक्रिया