Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

एसियाली क्रस कन्ट्रीमा नेपाललाई २ स्वर्ण, ४ रजत र २ कास्य पदक

काठमाडौं, फागुन २३ गते ।
नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । त्यस्तै सिनियर महिला र जुनियर महिलामा नेपालले समान २ रजत पदक जितेको छ । नेपालले थप २ कांस्य पनि जित्यो ।
सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जितेका हुन् । सो इभेन्टमा मुकुशबहादुर पालले कास्य पदक जिते । जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाए । २६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते । सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते । इरानले रजत र भारतले कास्य पदक जितेको छ ।


महिला सिनियरमा दुई रजत ः
एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक जितेको हो । राजपुराले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गर्दै रजत पदक जितेकी हुन् ।
सो स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दुरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितिन् । भारतकी सोनीकाले कास्य पदक जितिन् । सोनीकाले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गरिन् । सोही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको हो । रापुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले १० किमी दौडको दुरी २ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन् ।
सो स्पर्धामा भारतते स्वर्ण पदक जितेको छ । भारतका सोनिका, छवि यादव र मुन्नी देवीले निर्धारित दुरी २ घण्टा ४ मिनेट र ३८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेको हो । थाइल्याण्डका लिन्दा जन्थाचित, नथाया थनारोनावत र सुनिका प्रिचापोंंगले २ घण्टा १३ मिनेट र १६ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जितेका छन् ।


जुनियर पुरुष टिममा नेपाललाई कास्य ः
एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू–२०) ८ किलोमिटर दौडमा नेपाली टोलीले कास्य पदक जितेको छ ।
गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको च्याम्पियनसिपमा नेपालले कास्य पदक पाएको हो । च्याम्पियनसिपमा भारतले स्वर्ण र इरानले रजत पदक जितेको छ ।
नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक पक्का गरे । भारतले १ घन्टा २५ मिनेट ४० सेकेन्ड मा दुरी पार गर्दै स्वर्ण पदक र इरानले १ घन्टा २६ मिनेट ५६ सेकेन्डमा दौड पार गर्दै रजत पदक जिते ।
आठ किलोमिटरको जुनियर पुरुषको व्यक्तिगत स्पर्धामा इरानले स्वर्ण, भारतले रजत र इरानले नै कास्य पदक जिते । इरानका समिर इन्जाबिलघायजीले २७ मिनेट ३८ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जिते । भारतका शिवजी परशुरामले २७ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत र इरान कै पौरिया यशाघिन्हदले २८ मिनेट ०२ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक जिते ।


महिला जुनियरमा दुई रजत ः
नेपालकी राममाया बुढा फोटो फिनिसमा पछि पर्दै महिला जुनियर ६ किलोमिटर दौडमा रजत पदकमा चित्त बुझाउनुपरेको छ । राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा भारतकी श्रुतीले बाजी मार्दै स्वर्ण पदक प्राप्त गरिन् । ११ खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा भारतकी बेबीले कास्य पदक प्राप्त गरिन् । बेबीले २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । त्यस्तै टिम इभेन्ट्समा पनि भारतले स्वर्ण पदक जित्यो । टिममा नेपालले रजत पदक जित्यो । भारतका तीन खेलाडी श्रुती, बेबी र प्रियंकाले १ घण्टा १४ मिनेट ०९ सेकन्डमा दुरी तय गर्दै टोलीलाई स्वर्ण पदक हात पारे ।
नेपालका राम माया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले १ घण्टा १८ मिनेट २२ सेकेन्डमा दूरी तय गरेर रजत पदक दिलाए । टिमतर्फ तीन खेलाडीले तय गरेको समय जोडेर विजेता चुनिएको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घघाटन गरेका थिए ।
च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा ११ राष्ट्रका ६५ खेलाडीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष दालानलगायतले पुरस्कृत गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464