एसियाली युथमा अजित

हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी अजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबारदेखि सुरु प्रतियोगितामा अजितले ३ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ ।

प्रशिक्षकको भूमिकामा धनीराम चौधरी पनि अजितसंगै शुक्रबारै हङकङ जाने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच बिदाइ गरिन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373