Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

ओलम्पिक खेल्ने खेलाडीलाई तोम्बुलाको उपहार

ब्राजिलको रियो दि जेनेरियोमा ५ देखि २१ अगस्टसम्म हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार स्वरुप हस्तान्तरण गरिएको हो ।
नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टिएनटी इन्टरनेसनल कम्पनीले प्रदान गरेको उपहार खेलाडीहरुलाई प्रदान गरेका थिए । श्रेष्ठले आगामी दिनमा अन्य खेलहरुमा सहभागीता जनाउदा पार्टनरका रुपमा तोम्बुला ब्रान्डसँग सहकार्य गर्न सकिने अभिव्यक्ती दिएका थिए । टिएनटी इन्टरनेसनलका सिइओ स्टेवार्डले आफू पनि तेक्वान्दो खेलाडी भएको नाताले खेल र खेलाडीका लागि सधै सहयोग गर्ने बताए । उनले नेपाल ब्याडमिन्टन संघसँग समेत सहकार्य गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एनओसीकी उपाध्यक्ष ज्योती राणा, एनओसी सदस्य निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यसैगरि टिएनटीबाट लि गुओ जिइ र रेवत रानाको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464