ओलम्पिक विवाद हल गर्न पहल सुरु ः श्रीपाली

काठमाडौं माघ १३ गते ।
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवाद हल गर्न पहल सुरु गरेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसद, महिला, बालवालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा मन्त्री श्रीपालीले भने– ‘ओलम्पिक कमिटीको विवाद हल गर्न पहल सुरु गरेको छु । हिजो (बुधबार) मैले दुवै पक्षलाई बोलाएर धारणा बुझ्ने काम गरे । नेपालको विषय नेपालमै हल गर्नु पर्छ भन्नेमा छौं ।’
समितिले सातौं राष्ट्रिय खेलकुदको समिक्षा, १३ औं दक्षिण एसियाली खेलकुदको तयारी र ओलम्पिक कमिटीको विवाद सम्बन्धमा छलफल गर्न बैठक राखेको हो । बैठकमा मन्त्री श्रीपालीसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल र सह–सचिव चूडामणि पौडेल सहभागी थिए ।
सो अवसरमा मन्त्री श्रीपालीले केहि कमीकम्जोरीका बावजुद सातौं राष्ट्रिय खेलकुद सफलतापूवर्क सम्पन्न भएको जानकारी गराए ।
‘सातौं राष्ट्रिय खेलकुदमा केहि कमजोरी भाका छन् । तर धेरै हदसम्म हामीले सकारात्मक सन्देश दिन सफल भएका छौं ।’ मन्त्री श्रीपालीले भने । उनले मन्त्रालयका भावी योजनाका बारेमा पनि जानकारी गरएका थिए ।
सदस्य–सचिव विष्टले साना तिना विषय बाहेक सातौं विगतको भन्दा विवादरहित ढंगले सफल भएको बताउदै सातौंको हरेक पक्ष सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आठौं दुई वर्षमा हुनु पर्छ भन्ने मान्यताका साथ तयारीमा जुटेको बताए ।
सदस्य–सचिव विष्टले ओलम्पिकमा देखिएको विवादलाई कानूनी र प्राविधिक रुपमा ध्यान दिएर उपयुक्त निकास खोज्नु पर्नेमा जोड दिदै सागको तयारीलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित सबैले पहल गर्न आवश्यक रहेको बताए ।
सचिव दाहाले सातौंको विविध पक्षका बारे जानकारी गराउदै राज्यको लगानी बढ्यो भने खेलकुदले अझ गति लिन सक्ने विचार राखे । उनले मेलमिलाप र समझदारीबाट ओलम्पिक विवादको समाधान खोज्नु पर्ने बताए ।
बैठकमा उपस्थित समितिका सदस्यहरुले संघीय संरचना अनुसार खेलकुदको ढाचा तयार गर्नु पर्ने, खेल हुने वर्ष थारै पूर्वाधार भए पुग्ने गरी अगाडि नै पूर्वाधार तयार गरिसक्नु पर्ने, ओलम्पिकको विवादले खेल जगतलाई अफ्ठेरो पार्ने भएकाले समाधान तिर सरोकार निकाय गम्भीर भएर लाग्नु पर्ने, आठौं सागको नतिजा पुनः हासिल गर्ने गरी तयारी थाल्नु पर्ने, महिला सहभागिता बढाउने विषयमा ध्यान दिनु पर्नेलगायतका सुझाव दिएका थिए । उनीहरुले सातौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूवर्क सम्पन्न गरेकोमा युवा तथा खेलकुद मन्त्रालय, राखेपलगायत सम्बन्धितलाई बधाइ दिएका थिए ।
समितिकी सभापति रन्जु झाले खेलकुदमा सुधारका पक्षलाई विशेष ध्यान दिएर अगाडि बढ्न सरोकारवालालाई निर्देशन दिदै अर्को बैठकमा भेट हुँदा ओलम्पिकको विवाद समाधान भइसक्यो भन्ने सुन्न पाउ भन्दै बैठक अन्त्य भएको घोषणा गरेकी थिइन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373