कम्प्युटर तालिम सम्पन्न
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा आधारभूत कम्प्युटर तालिम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शुक्रबार सम्पन्न भएको छ ।
तालिममा प्रशासन र प्राविधिक गरी जम्मा ३० कर्मचारीको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले जनाएका छन् ।
छदिने तालिम माइक्रोसफ्ट इनोभेसन सेन्टर, नेपालको प्राविधिक सहयोगमा भएको हो । सेन्टरका इन्स्ट्रक्टर प्रशान्त भट्टराईले सहभागीलाई कम्प्युटर सम्बन्धी विविध पक्ष बारे जानकारी दिएका थिए । सहभागीलाई राखेपका निमित्त सदस्य–सचिव गंगाबहादुर थापाले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
फेसबुक प्रतिक्रिया