कम्प्युटर तालिम सुरु
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा डिजिटल लिट्रेसी कम्प्युटर तालिम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
समय सापेक्ष विकसित हुँदै गइरहेको प्रविधि बारे जानकारी गराउनुका साथै दक्ष बनाउने उद्देश्यले आयोजित तालिममा प्रशासन र प्राविधिक गरी जम्मा ३० कर्मचारीको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले जनाएका छन् ।
माइक्रोसफ्ट इनोभेटिभ सेन्टर, नेपालले आवश्यक सामाग्रीसहित तालिम निशुल्क सञ्चालन गरिदिएको हो । छदिने तालिममा सेन्टरका प्रतिनिधि प्रशान्त भट्टराईले सहभागीलाई विविध पक्ष बारे जानकारी गराउने छन् ।
फेसबुक प्रतिक्रिया